१५ असार २०८३, सोमबार

कैलालीका प्रमुख जिल्ला अधिकारी हमाललाई गृहमा तानियो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, २९ साउन २९ । कैलाली कारागार घटनाको छ दिनपछि प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ । बुधबार गृहमा उहाँको सरुवा भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

हमालको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल पठाइएको छ । प्रमुख जिल्ला अधिकारी लम्साल बिहीबार साँझसम्म वा शुक्रबारसम्म कैलाली पुग्ने बताइएको छ । गएको शुक्रबार मध्यराति कारागारमा ब्लक ए का कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गरेका थिए । त्यस हिंसात्मक झडपमा धनगढीका ४० वर्षीय भारत चौधरीको ज्यान गएको थियो । ४७ जना कैदी घाइते भएका थिए ।

कारागार घटनापछि तत्कालीन जेलर वसन्त खत्रीलाई पनि सरुवा गरिएको थियो । नयाँ जेलरमा जालन्धर भुसाल आएका छन् । कारागार घटनामा सुरक्षा संयन्त्र चुकेको आरोप लागेको छ । कारागार घटना हुनु अगाडि प्रमुख जिल्ला अधिकारी हमालसहित जिल्ला सुरक्षा समितिले कैयौं पटक कारागारको अनुगमन गरेको थियो ।