२९ जेष्ठ २०८३, शुक्रबार

नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग टोलीले सिरिज खेल्न लागेको जानकारी दिएको हो । सिरिज २६ देखि ३० अगस्टसम्म हुनेछ ।

नेपालले अगस्ट २६ मा एसिटी र अगस्ट २८ मा साउथ अस्ट्रेलियायासँग समान दुई टी– २० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दास्रो खेल ९ः४५ मा सुरु हुने क्यानले जनाएको छ ।

नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो अभ्यास सिरिजअघि नेपालले टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ ।