९ असार २०८३, मंगलबार

कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र ब्रिटिस सांसद तथा नेपालका लागि सर्वदलीय सांसद समूह (एपीपीजी)का नेता एलेक्स बेकरबीच भेटवार्ता भएको छ ।

मङ्गलबार बेलायतमा नेता बेकर र घिसिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–बेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, हरित हाइड्रोजन प्रवद्र्धन, जलवायु परिवर्तनले नेपालमा पारेको असर, बेलायती गोर्खा आर्मीको पेन्सन, नेपालको वर्तमान राजनीतिक अवस्था, उज्यालो नेपाल अभियान लगायतका विषयमा छलफल गरिएको छ । बेकरले नेपालको विभिन्न विषयमा चासो राख्दै सहयोगको प्रतिबद्धता जनाएकी छन् ।

भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय जीटूजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुद्बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान, ओमेन तामाङ र एलएन पाण्डे लगायतको उपस्थिति थियो ।