५ असार २०८३, शुक्रबार

रिडी–तम्घास सडक अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २९ साउन । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई सञ्चालनको अनुमति दिइने छ । यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।