२१ जेष्ठ २०८३, बिहिबार

टप एण्ड टी–२० सिरिज आजबाट, नेपालको पहिलो खेल भोलि

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजको प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै छन् ।

यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ भने सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

प्रतियोगितामा नेपालले पहिलो खेल (भोलि) अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्दैछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम रहेका छन् ।