२३ जेष्ठ २०८३, शनिबार

सीमामा परिचालन गर्ने गरी पाकिस्तानले नयाँ रकेट फोर्स बनाउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ साउन । पाकिस्तानले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ आर्मी रकेट फोर्स कमाण्ड निर्माण गर्ने घोषणा गरेको छ ।

इस्लामावादस्थित जिन्ना ग्राउण्डमा आयोजित स्वतन्त्रता दिवस समारोहमा प्रधानमन्त्री शहबाज शरीफले नयाँ फोर्स कमाण्डको घोषणा गरेका हुन् । अत्याधुनिक प्रविधिसम्पन्न रकेट फोर्स देशका हरेक दिशामा परिचालन हुने र दुश्मनमाथि निशाना लगाउन सक्षम हुने प्रधानमन्त्री शरीफले बताए । यो फोर्स परम्परागत युद्ध क्षमतालाई अझै मजबुत बनाउन कोशेढुंगा सावित हुने उनको दाबी छ ।

यसैबीच शरीफले कश्मीर मुद्दा सुल्झाउन र युद्धविराममा सहयोग गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । साथै उनले संयुक्त राष्ट्र संघको प्रस्ताव तथा स्थायी शान्तिको योजनामा ट्रम्पले थप सहयोग गर्ने अपेक्षा गरेको बीबीसीले जनाएको छ ।

भारतले भने कश्मीर युद्धविरामका लागि ट्रम्पले कुनै भूमिका नखेलेको दाबी गर्दै आएको छ । पाकिस्तानले आज विभिन्न कार्यक्रम गरी आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ ।