
काठमाडौं, २८ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडले यही साउन २९ गतेदेखि दोस्रो खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ (ईएलआईसी) ल्याउँदैछ ।
एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम हाल नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फण्डहरुमध्ये पहिलोपटक एमआईएनआई एसआईपी तथा एसटीपी (व्यवस्थित स्थानान्तरण योजना) जस्ता विशेषताहरु समावेश गरिएका छन् । यस योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिनसक्ने कम्पनीहरु छनौट गरी लगानी गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरुमा योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरुमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरुमा लगानी गरिनेछ । साथै, योजनाको रकम लगानी गर्दा भविष्यमा गर्न सक्ने प्रगतिलाई समेत राम्रोसँग अध्ययन तथा अनुसन्धान गरेर मात्र लगानीसम्बन्धी निर्णय गरिने कम्पनीले जनाएको छ ।
किन रोज्ने ? एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम
एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम (ईएलआईसी) विविध विशेषतासहितको खुलामुखी योजना हो । यो योजना दक्ष तथा प्रमाणित कार्य अनुभव हासिल गरेको कोष व्यवस्थापक एनआईसी एशिया क्यापिटलले सञ्चालन गर्न लागेको छ । एनआईसी एशिया क्यापिटलले हाल सञ्चालन गरिरहेका म्युचुअल फण्ड योजनाहरुको नियमित रुपमा उचित प्रतिफल वितरण गर्न सफल भएको छ । यस योजनामा व्यवस्थित तथा नियमित रुपमा लगानी गरी उचित प्रतिफल चाहने व्यक्तिहरूका लागि लगानीको लागि उपयुक्त विकल्प हो । नेपालको सन्दर्भमा हेर्दा पूँजी बजार विकासको क्रममा रहेको र यस योजनाको अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्ने रहेको हुँदा बजारको विस्तार सँगसँगै यस योजनामा लगानी गर्ने इकाईधनीको सम्पत्ति समेत बढ्दै जाने हुँदा यस प्रकारको योजनामा लगानी गर्दा लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्नसक्ने देखिन्छ ।
कुनै पनि व्यक्तिले न्यून जोखिम लिई स–सानो रकम नियमित रुपमा दीर्घकालसम्म लगानी गरी भविष्यमा उचित प्रतिफलसहित एकमुष्ठ ठूलो रकम प्राप्त गरी आफ्नो वीस लिस्टमा रहेका वस्तु तथा सेवा प्राप्त गर्न तथा आफ्नो वित्तीय आवश्यकता पुर्ति गर्नको लागि यस प्रकारको योजनाहरुमा लगानी गर्दा निकै लाभदायक हुने देखिन्छ ।
यस्तो छ एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किमका मुख्य विशेषताहरुः
व्यवस्थित लगानी योजना (एसआईपी): लगानीकर्ताहरुले नियमित रुपमा निश्चित समयसम्म लगानी गरी पावर आफ कम्पाउन्डिङको लाभ लिन सकिने ।
एमआईएनआई एसआईपी: नेपालमै पहिलोपटक एमआईएनआई एसआईपी मात्र ५०० रुपैयाँ गर्न मिल्ने सुविधा ।
व्यवस्थित स्थानान्तरण योजना (एसटीपी) एनआईसी एशिया क्यापिटलबाट सञ्चालित अर्को खुलामुखी योजनामा यस योजनामा गरिएको लगानी स्थानान्तरण गर्न सकिने ।
व्यवस्थित निकासी योजना (एसडब्लूपी): एक मुष्ठ रकम लगानी गरी वा एसआईपी गरिएको रकम निश्चित समय पश्चात् आफ्नो आवश्यकता अनुसार नियमित रुपमा निकाल्न मिल्ने सुविधा ।
एसआईपी बूस्टरः लगानी योग्य रकम भएको समयमा आफ्नो क्षमता अनुसार थप रकम लगानी गर्न मिल्ने सुविधा ।
तलब सुविधाः संघ संस्थाहरुले एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरी आफ्नो तलबी कर्मचारीहरुको तलब/भत्ताबाट केही रकम सोझै जम्मा गरी इकाई खरिद गरिदिन सक्ने ।
इक्विटी उन्मुख योजनाः योजनाको अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको राम्रोसँग अध्ययन अनुसन्धान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्य योजना बनाइ लगानी गरिने ।
ट्रयाक रेकर्डः अनुभवी योजना व्यवस्थापकबाट संचालित तथा हाल सञ्चालमा रहेको म्युचुअल फण्ड योजनाहरुबाट नियमित रुपमा उचित प्रतिफल वितरण गर्न सफल भएको ।
पोर्टफोलियो विनिवेशः योजनाको रकम लगानी गर्दा मुद्रा बजार उपकरण तथा धितोपत्र बजारमा लगानीको अवसर हेरी लगानी विविधकरण गरिने हुँदा योजनाको इकाईधनीहरुलाई उचित प्रतिफल प्राप्त गर्न सक्ने ।















प्रतिक्रिया