२७ जेष्ठ २०८३, बुधबार

नाइमा एक्स्पोमा गाडीमा अस्वाभाविक छुट, उपभोक्ता संरक्षण विभागको राडारमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा केही कम्पनीहरूले गाडीमा ४४ प्रतिशतसम्म छुट दिएपछि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग सक्रिय भएको छ।

अस्वाभाविक छुटबारे समाचार सार्वजनिक भएपछि विभागको अनुगमन टोलीले भृकुटीमण्डपस्थित एक्स्पो स्थलमै पुगेर मूल्य र गुणस्तर सम्बन्धी विवरण संकलन गरेको हो।

अनुगमन अधिकृत अमित झाका अनुसार, छुट दिनु अघि र पछि कम्पनीहरूले कति नाफा राखेका छन् भन्ने तथ्यांक संकलन भइरहेको छ। साथै, भारी छुट दिइएका सवारी साधनको गुणस्तरबारे पनि अनुसन्धान भइरहेको छ। विभागले उपभोक्ता संरक्षण ऐन २०७५ का प्रावधानअनुसार मूल्य विश्लेषण गर्दैछ, जसमा अनुचित मूल्य निर्धारण, गुणस्तर लुकाउने वा झुक्याउने जस्ता कार्यहरूलाई गैरकानुनी मानिन्छ।

गत साउन २१ देखि २६ गतेसम्म चलेको एक्स्पोमा निसान लिफमा १९ लाख ९९ हजार (४४.४२%) छुटसहित सर्वाधिक अफर दिइयो। अन्य मोडेल र ब्राण्डहरूमा पनि लाखौं रुपैयाँसम्म छुट दिइएको थियो।

विभागीय अधिकारीहरूले यस्तो छुटको कारण स्टक क्लियर, नाफा संरचना, र बजार रणनीतिसँग सम्बन्धित भए पनि उपभोक्ताको हित र बजार अनुशासन दुवैका लागि छानबिन आवश्यक रहेको बताएका छन्।