२२ जेष्ठ २०८३, शुक्रबार

रवि लामिछानेलाई कारागारमा विशेष सुविधा दिइएको छैनः गृहमन्त्री

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ साउन । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारमा विशेष सुविधा नदिइएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रूपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे ।

लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ कि भनेर सोध्ने गरेको पनि बता ए। विशेष सुविधा दिइएको भन्ने नभएको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले भने, ‘माननीय रवि लामिछाने रूपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । जेलहरू साँघुरा छन् । उहाँलाई सानै भए पनि अलग्गै कोठामा राखिएको छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर कारागारभित्र प्राप्त हुने न्यूनतम सुविधाबाट वञ्चित गरिएको होइन । कारागार सार्ने कुरा अघि बढेको छ ।’

कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको बताए । कुन कारागारमा सार्ने भन्नेमा सुरक्षालाई मद्देनजर गरेर अघि बढाइरहेको बताए ।