काठमाडौं, २८ साउन । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रमेश कोइरालाले अमेरिकाबाटै राजीनामा दिएका छन्।
व्यक्तिगत कारण देखाउँदै उनले अस्पतालको कार्यकारी निर्देशकलाई विद्युतीय पत्रमार्फत ३० असोज २०८२ देखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
हाल विदेशमै रहेका डा. कोइरालाले १६ अक्टोबरसम्म अस्पतालमा उपस्थित हुन नसक्ने र त्यसअघिसम्म आफ्नो कार्यकक्षका सामग्री सुरक्षित राखिदिन आग्रह गरेका छन्। उनले विद्युतीय हस्ताक्षर प्रमाणीकरण गरी राजीनामा स्वीकृत गर्न पनि अनुरोध गरेका छन्।
केन्द्रको प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै डा. कोइरालाले संघीय सरकारले गंगालाल केन्द्रको स्तर वृद्धि गर्ने दिशामा कदम चालोस् भन्ने आशा व्यक्त गरेका छन्।









प्रतिक्रिया