
काठमाडौं, २८ साउन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको पछिल्लो भेला अवैधानिक भएको निश्कर्ष निकालेको छ । योसँगै लालबीर चौधरीको नेतृत्व अवैध ठहर भएको छ भने अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम भएकी छन् ।
आयोगको हिजो बसेको बैठकले रञ्जिताको नेतृत्वलाई नै वैधानिकता दिने निर्णय गरेको प्रवक्ता निता पोखरेल आचार्यले जानकारी दिइन् । नाउपाको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउँदै लालबीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।
चौधरीले साउन १५ गते विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन् । त्यसकारण राजनीतिक दलसम्बन्धि ऐन र पार्टीको विधान अनुसार लालबीरको नेतृत्व अवैध ठहर भएको हो ।
नाउपाले २०८० मा पहिलो महाधिवेशन गरेर रेशमलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले मान्यता नदिएर रञ्जितालाई नै अध्यक्षमा कायम गरिदिएको थियो ।








प्रतिक्रिया