१० असार २०८३, बुधबार

बाढीपहिरोको उच्च जोखिममा बाजुराको ओलेना बस्ती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २८ साउन । बाजुराको बडीमालिका नगरपालिका–४ मा रहेको ओलेना बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको छ । बुढीगंगा नदीको कटानले बस्ती उच्च जोखिममा परेको हो । वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन् । बाढीपहिरोबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन् ।

बस्ती स्थानान्तरणको पर्खाइमा रहेका यहाँका स्थानीयको आशा अधुरै रहेको छ । वर्षाैदेखि बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको भए पनि स्थानान्तरण भने हुन सकेको छैन् । ओलेना बस्ती एक उदाहरण मात्रै हो । बाजुराका कयौं घर बस्ती बाढीपहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढी गाउँ बस्ती उच्च जोखिममा छन् जो स्थानान्तरणको पर्खाइमा पर्खिएका छन् ।

२०७७ साल साउन २५ गते बुढीगंगा नदीमा आएको भीषण बाढीले ओलेना बस्तीको ठूलो भाग कटान गर्दै दर्जनौं घरहरूलाई उच्च जोखिममा पारेको थियो । त्यति मात्रै नभई गौमुल गाउँपालिकाका कयौं घर बस्ती, बडीमालिकाको जुगाडा, भौनेरा, घागर लगायतका बस्ती जोखिममा परेका थिए । त्यो बेला बाढीबाट भएको क्षतिको अवलोकन गर्न हेलिकप्टरमार्फत ओलेना लगायत बस्तीमा आएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालै बस्ती स्थानान्तरण गरिदिने आश्वासन दिए पनि पाँच वर्ष पुग्दा समेत कार्यान्वयन भएको छैन् ।