२१ जेष्ठ २०८३, बिहिबार

बुल्गेरियाकी निकोलाएभाले काठमाडौंबाट खेल्ने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ साउन । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ ।

काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् । नेकोभाले बुल्गेरिया, फ्रान्स, अजबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौं स्पाइकर्सको टोलीमा अझ सन्तुलित र मजबुत हुने टोलीको विश्वास छ ।

पहिलो सिजनमा पनि बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौंबाट खेलेकी थिइन् । काठमाडौं स्पाइकर्सले इडब्लुभिएलको पहिलो सिजनमा तेस्रो भएको थियो ।

इब्लुभिएलका लागि ३ विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ । अन्य २ विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्ने काठमाडौंले‌ जनाएको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

टोलीको मुख्य प्रशिक्षका लोक बहादुर बुढा छन् । इडब्लुभिएलको दोस्रो सिज भदौ २० देखि २८ गतेसम्म हुनेछ ।