२४ जेष्ठ २०८३, आइतबार

फिल्म ‘सतीदेवी’ भर्जिनियामा विशेष प्रदर्शन हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । फिल्म ‘सतीदेवी’ यही साउन ३१ गते (१६ अगस्ट) शनिबार अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शनी गरिँदैछ । महिलाहरुको महान पर्व तीजको अवसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’को विशेष शो गर्न लागिएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएता पनि नेपाली चलचित्र निर्माण, कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पन्तले राष्ट्रिय लगायत थुप्रै अवार्ड विजेता चर्चित फिल्म भएकाले आफूहरुले विशेष शो गर्न लागेको बताए । ‘‘सतीदेवी’को धेरै चर्चा सुनेको र यसप्रकारका मौलिक, पारिवारिक चलचित्र अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरुप विशेष शो गर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘हामी जो जहाँ रहे तापनि नेपाली कला, संस्कृति, मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न पहलकदमी लिनैपर्छ । सोही अन्तर्गत चर्चित फिल्म शो गर्न लागेका हौँ ।’

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘ठूली’का निर्माता पन्त आफूहरु ‘सतीदेवी’ हेर्न निकै आतुर रहेको बताउँछन् ।

चलचित्र विकास बोर्डद्वारा आयोजीत राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कार जित्न सफल नारीप्रधान चलचित्र ‘सतीदेवी’ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँ लगायतले अभिनय गरेका छन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा दिलासा, सारा, श्रीदेवी र विशाल सुवेदी छन् । निर्देशक सुवेदीले ‘सतीदेवी’को भर्जिनियापछि अन्य स्टेटहरुमा पनि विशेष शो हुन लागेको जानकारी दिएका छन् ।