
काठमाडौं, २७ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाल फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ ।
एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालसँग सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा ग्रासरुट्स फुटबल लोगो पनि सार्वजनिक गरिएको थियो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, टिडिएचका सेफगार्डिङ संयोजक कमल लामा र चाइल्ड नेपालका कार्यकारी निर्देशक मनोज डंगोलले सम्झौता पत्रमा हस्ताक्षर गरे । ग्रासरुट्स कार्यक्रमले देशभरका युवा प्रतिभाहरूलाई पहिचान र अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।









प्रतिक्रिया