३० जेष्ठ २०८३, शनिबार

एनएमबि बैंकले कमायो ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । एनएमबि बैंकले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब २४ करोड रुपैयाँ मात्र रहेको थियो । खुद ब्याज आम्दानीमा वृद्धि र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) मा कमी आउनुले नाफामा उल्लेख्य योगदान पुगेको बैंकले जनाएको छ ।

बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशत बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब २१ करोड रुपैयाँ थियो । त्यस्तै, इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको २ अर्ब ३ करोड रुपैयाँबाट घटेर गत वर्ष ९५ करोड रुपैयाँमा झरेको छ ।

निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.४० प्रतिशतभन्दा बढी हो । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ र प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ कायम भएको छ ।