२३ जेष्ठ २०८३, शनिबार

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ साउन । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ । बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ ।

अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ । लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ ।

गत आर्थिक वर्ष ०८१÷८२ मा नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।