काठमाडौं, २७ साउन । इजरायलमा हमासको नियन्त्रणमा परेपछि बेपत्ता भएका कञ्चनपुरका वीपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा अहिले इजरायलमा छन् ।
वीपिनलाई खोज्न भन्दै उनीहरू हिजो इजरायल पुगेका हुन् । इजरायल सरकारले नै वीपिनकी आमा र बहिनीलाई बोलाएको हो । उनीहरूलाई वीपिनको उद्दारका लागि संयुक्त राष्ट्रसंघसम्म लैजाने इजरायलको तयारी छ ।
यसैबीच इजरायल पुगेकी आमा पद्माले छोरो वीपिनलाई रिहा गरिदिन गुहार लगाएकी छिन् । उनले आफूहरूको कसैसँग दुष्मनी नरहेको भन्दै छोरोलाई आफूहरूसँगै नेपाल फर्काइदिन आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ । हाम्रो कसैसँग दुष्मनी छैन । मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ ।’









प्रतिक्रिया