१ असार २०८३, सोमबार

८ वर्षमा ५ सन्तानको बुबा बनेका रोनाल्डोले गरे इन्गेजमेन्ट

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आठ वर्षसम्म प्रेम सम्बन्ध राखेपछि आफ्नी पार्टनर जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् ।

जर्जिनाले आफ्नो औंलामा हिराको औंठीको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् । उनले क्याप्सनमा लेखिन्, “हो, म इन्गेजमेन्ट गर्दैछु । यस जीवनमा र मेरो बाँकी जीवनको लागि ।”

रोनाल्डोले अहिलेसम्म सामाजिक सञ्जालमा यसबारे केही पनि सेयर गरेका छैनन् ।

रोनाल्डो र रोड्रिगेजले २०१७ को सुरुमा आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । स्विट्जरल्याण्डको जुरिचमा आयोजित फिफा फुटबल अवार्डमा यी दुई पहिलो पटक सार्वजनिक रूपमा सँगै देखा परेका थिए । रोड्रिगेज एक स्पेनी मोडेल हुन् ।

म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टसबाट खेलेपछि रोनाल्डो अब साउदी अरेबियाको अलनासर क्लबको हिस्सा हुन् । ४० वर्षीय रोनाल्डोलाई फुटबल इतिहासको उत्कृष्ट खेलाडी मध्ये एक मानिन्छ ।

रोनाल्डो र रोड्रिगेजका ५ सन्तान

क्रिस्टियानो रोनाल्डो ५ सन्तानका पिता हुन् । जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको जन्म २०१० मा भएको थियो । जुम्ल्याहा इभा र माटेओको जन्म जुन २०१७ मा सरोगेट आमाको माध्यमबाट भएको थियो । जुम्ल्याहा बच्चाहरू जन्मेको केही समयपछि रोनाल्डोले रोड्रिगेज गर्भवती भएको घोषणा गरेका थिए । २०२२ मा उनीहरूले आफ्नो नवजात जुम्ल्याहा छोरा एन्जल गुमाए, तर छोरी बेला स्वस्थ छिन् ।