२९ जेष्ठ २०८३, शुक्रबार

प्रीति राई जोर्डनको क्लब इत्तिहादमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । जोर्डनको क्लब अल इत्तिहादले नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई अनुबन्ध गरेको छ । उनलाई एएफसी च्याम्पियनसिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको हो । उनी गत साउन ६ गते नै जोर्डन पुगेकी थिइन् । तर, उनलाई क्लबले सोमबार मात्रै अनुबन्ध गर्दै सार्वजनिक गरेको हो ।

इत्तिहात क्लब जोर्डनको अम्मानमा अवस्थित छ। यो क्लबले जोर्डम महिला प्रो लिग खेल्दै आएको छ । यो ७ वर्षअघि (सन् २०१८ मा) मात्रै स्थापना भएको क्लब हो । क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित छन् ।

यो क्लबले सन् २०२३ / २०२४ मा लगातार लिग जितेको थियो । यो क्लबले गत वर्षपछि एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो । समूह ‘बी’ मा भारतको ओडिशा फुटबल क्बल र सिंगापुरको लायन सिटी रहेको समूहमा इत्तिहादले एक खेल मात्रै जितेको थियो । समूह चरणको पहिलो खेलमा इत्तिहादले लायनलाई ५–० ले पराजित गरेको थियो । तर, दोस्रो खेलमा ओडिशासँग २–१ ले पराजित भयो ।

यसपटक यो क्लब समूह ‘सी’ छ । यो समूहमा मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिजस्तानको सड्युशोर एसआई एसियागोल रहेका छन् । यो समूहको खेल मलेसियामा हुनेछ । इत्तिहादले पहिलो खेल अगस्ट २५ मा लायनसँग खेल्नेछ ।