
काठमाडौं, २७ साउन । संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो ।
आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही एवं कार्ययोजना/तयारी सम्बान्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । यस विषयको छलफलको लागि बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि आमन्त्रण गरिएको छ ।









प्रतिक्रिया