
सुनसरी, २७ साउन । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।
सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
सप्तकोशी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उनले बताए ।









प्रतिक्रिया