१३ असार २०८३, शनिबार

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै एनआईसी एशिया बैंकका ग्राहकहरुले पहिलोपटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० रुपैयाँ र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् । ग्राहकहरुले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकहरुले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै, हाल सेवा लिइरहेका ग्राहकहरुले सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ । सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।