
काठमाडौं, २६ साउन । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ नेपालले ‘सामसुङ मनसुन क्याम्प’ सुरु गरेको छ । यो क्याम्प ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग चार्जिङ पोर्ट मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो ग्राहक सेवा अभियान अगस्ट २४ सम्म सञ्चालन हुनेछ । जसअन्तर्गत सामसुङ प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर नुक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् । यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ । यो सेवा केवल सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ ।
सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (सीएस) राजन भट्टराई भन्छन्, ‘सामसुङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौँ । वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन् । त्यसैले हामी मनसुन क्याम्पमार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौँ, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून् ।’








प्रतिक्रिया