
काठमाडौं, २६ साउन । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ आयोजना हुँदैछ । कार्यक्रमको मुख्य प्रायोजकको रूपमा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट आवद्ध भएको छ ।
यो सेमिनार भदौ १२ गते बिहीबार होटल मेरियट नक्साल, काठमाडौंमा बिहान १०ः३० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुनेछ ।
शिवम् सिमेन्ट आफ्नो नवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमहरूका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो । विज्ञापन मात्र नभई शिवम् सन्देश, नो कम्प्रमाइज जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पुर्याउँदै शिवम् सिमेन्टले आफ्नो ग्राहकहरु माझ छुट्टै पहिचान बनाउन सफल भएको छ । साथै, शिवम् सिमेन्टले विभिन्न महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउँदै आफ्नो ब्रान्ड भ्यालुलाई थप सुदृढ बनाउँदै आएको छ ।
यसैक्रममा, मेगा बिजनेस सेमिनारमा सहकार्य गर्दै डा. उज्ज्वल पाटनी जस्तो विश्वस्तरका मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीहरूलाई व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन् ।








प्रतिक्रिया