२८ असार २०८३, आइतबार

मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले लिए पदको शपथ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ साउन । मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । उनले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

एमाले उपमहासचिव ज्ञवालीले शपथग्रहणपछि बोल्दै अब प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारेमा प्रतिष्ठानको सोमवार बस्ने बैठकमा छलफल हुने बताए ।

वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरू उत्पादन गर्ने गरी प्रतिष्ठानले काम गर्ने उनले बताए । प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने उनले बताए । एकेडेमिक एक्सलेन्सका रुपमा प्रतिष्ठानलाई अघि बढाउने गरी आफूहरूले विचार गरिरहेको बताए ।

उनले मदन–आश्रितका विचारहरु अघि बढाउने गरी नै प्रतिष्ठानले भूमिका खेल्ने दावी गरे । प्रतिष्ठानका सदस्यका रुपमा सुरेश चापागाईंले समेत पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।