१० असार २०८३, बुधबार

विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको होः मन्त्री गुरुङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपु, २६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताएका छन् ।

अन्तरराष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले समाज र संसारलाई परिवर्तन गर्नसक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने विश्वास व्यक्त गरे । मन्त्री गुरुङले केही न केही परिवर्तन गरेर उत्कृष्ट नीतिमा देशलाई अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताए ।
“दिवसमा छलफल मात्रै गर्ने होइन, प्रतिबद्धता कार्यान्वयन महत्त्वपूर्ण हो, युवालाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार कसरी बनाउने भनेर ध्यान दिनुपर्छ, नेपाली युवाले विदेशमा सूचना प्रविधि क्षेत्रको कम्पनी स्थापना गर्न सक्ने, आम्दानी भित्र्याउन सक्नेगरी कानुनी प्रबन्ध गरेका छौँ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने ।
सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा हो भन्दै मन्त्री गुरुङले नेपालको विकासमा युवाको सहभागिता महत्त्वपूर्ण भएकाले उनीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।
एनले भने, “सूचना प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई दिगो विकास लक्ष्यसँग जोडेर कसरी कार्यान्वयन गर्ने र युवाको भूमिका के हुनसक्छ भनेर छलफल होस्, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय र आन्तरिक कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर ध्यान दिनु आवश्यक छ ।”
युवामा नेपाल सरकारका सन्देश प्रवाह गर्दै मन्त्री गुरुङले हरेक तह, क्षेत्र र संरचनामा युवाको सहभागिता सुनिश्चित गर्ने, स्वीकार गर्नेलगायतका नीति मन्त्रालयले बनाइरहेको बताए । मन्त्री गुरुङले भने, “राष्ट्रिय युवा नीति छलफलको क्रममा छ, संसद्को समितिमा पुगेको छ, १८ देखि ३५ वर्षसम्मका लागि युवा मान्ने नीति बन्दै छ । हामी चाँडोभन्दा चाँडो सूचना प्रविधिसँग जोडिएका ऐनहरू बनाउने तयारीमा छौँ, सबै युवाहरू सूचना प्रविधिको क्षेत्रमा लाग्नूस्, आर्थिक समृद्धि हासिल गर्नूस् ।”
मन्त्री गुरुङले अन्तरराष्ट्रिय रूपमा निर्धारण गरेको विकास लक्ष्य प्राप्त गर्नका युवाको भूमिका महत्त्वपूर्ण हुने बताए ।