
‘दामी देखिन्छौ’ बोलको तिजको गीत बजारमा आएको छ । परदेशिएका दाजु भाइ का सबै श्रीमती बिग्रीएका हुदैनन भन्ने संदेश मुलक गीत ‘दामी देखिन्छौ’ बजारमा सार्वजनिक भएको हो ।
गीतमा गायक नमराज पान्डेय र गायिका प्रतिमा अर्यालको स्वर रहेको छ । गीतमा शब्द, लय गायक नमराज पान्डेयकै रहेको छ । हेर्दा राम्रो र सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको निर्माण पक्षको भनाइ छ ।
उक्त गीतमा शंकर बिसी, लोसिना लामिछाने, मनोहर श्रेष्ठको अभिनय रहेको छ । उक्त गितको म्युजिक भिडियो प्रतिमा अर्यालको यूटुब च्यानलबाट सार्वजनिक भएको हो । यसअघि पान्डेयका भैंसी साटेझै बुढि साट्न मिल्ने भए, नक्कलीमा परियो, तेरि स्वास्नी लग्यो ड्राइभरले, मेरो छोरो हैन भन्छे, ऋणले टुप्पी बिको लगाएतका थुप्रै तिज गित बजारमा आइसकेका छन् ।









प्रतिक्रिया