२ असार २०८३, मंगलबार

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ साउन । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । उनी भेरी नगरपालिका–१ डौँरीकाँडाका हुन् ।

प्रहरीका अनुसार खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसिकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले गए राति १ बजे उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको जानकारी दिए । स्थानीयवासीले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेको थापाले बताए ।

घटनास्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउन लागेको बताइएको छ ।