
विराटनगर, २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आज विराटनगर–१४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले ललितको घरैमा पुगेर परिवारजनमा भेटघाट गरी समवेदना व्यक्त गरे ।
ललितकी आमा शुभकुमारी देवी राजवंशीको ६३ वर्षको उमेरमा निधन भएको हो ।









प्रतिक्रिया