२९ आश्विन २०८३, बिहिबार

दक्षिण कोरियामा नेपाली खेलाडीलाई स्वर्णसहित ७ पदक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ साउन । दक्षिण कोरियामा भएको द १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर्णसहित ७ पदक जितेको छन् ।

‘ए’ लिग को सिनियर यु ३० इन्डिभिजुयलमा पुरुषमा अस्मिन राउतले रजत र महिला निशा दर्नालले कास्य पदक जितेकी छिन् । निशा र अस्मिनको जोडीले कास्य पदक जित्यो ।

‘बी’ लिगको सिनियर इन्डिभिजुयलले महिलामा सिता तामाङ र पुरुषमा अन्जन चौधरीले स्वर्ण पदक जितेका छन्। सिता र अन्जनको जोडीले स्वर्ण पदक जितेको छ । सिनियर इन्डिभिजुयल महिला रमिला तामाङले रजत पदक जितेकी छिन् ।