२६ जेष्ठ २०८३, मंगलबार

सानिमा बैंकको नाफा २ अर्ब ५७ करोड, वितरणयोग्य नाफा कति ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १०.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ७९ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, सञ्चालन नाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ४१ लाख १० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १०.६६ रुपैयाँ थियो अहिले बढेर २०.४७ रुपैयाँ रहेको छ ।

१३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख ३४ हजार रुपैयाँ रहेको छ । बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत रहेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६८.८३ प्रतिशत रहेको छ ।