१ असार २०८३, सोमबार

विकास गाउँसम्म पुग्यो तर उपयोग गर्ने मान्छे भएनन्ः गणेश तिमिल्सिना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ साउन । राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्वर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले समस्या औँल्याउने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरूलाई आग्रह गरेका हुन् । गाउँघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको बताउँदै त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरूसँग आग्रह गरेका हुन्। तीनवटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको बताए ।

तिमिल्सिनाले भने, ‘हामीले अबका दिनमा समस्या के छन् भन्ने कुरा बुझेका छौँ । समाधानका कुरा के हुन् त ? विद्यालयमा विद्यार्थी भएनन्‚ खेतबारी बाँझा छन् भन्ने कुरा आएको छ। समस्या त जहिले पनि जसले पनि ल्याउन सक्या छ तर समाधानका लागि हामीले के गर्नुपर्ने, कसरी गर्ने भन्ने चाहियो ।’

उनले हाल गाउँमा विकास भए पनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताए । गाउँमा विकास पुगे पनि मान्छेहरू भने शहर केन्द्रित भएको उनको भनाइ छ । सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए। उनले गाउँमा प्रशस्त विकास भएको बताए ।