२८ जेष्ठ २०८३, बिहिबार

उत्तर कोरियासँग नेपाल ११–० ले पराजित

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ साउन । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को पराकिलो अन्तरले पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो ।

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन ।

छनोटमा नेपालको यो पहिलो हार हो र यो हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दा साउदी अरेबियासँग १–० ले विजयी भएको थियो । छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ ।

नेपालले भुटान र साउदीलाई हराएर उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने लक्ष्य राखेपनि सफल हुन सकेन ।