२८ जेष्ठ २०८३, बिहिबार

क्यानडामा मनाइयो जनै पूर्णिमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अटवा, २५ साउन । यो वर्षको जनै पूर्णिमा अटवामा उत्साहपूर्वक मनाइएको छ । अटवा, कर्नवाल, किङ्स्टन लगायतका स्थलहरुबाट आएका झन्डै ३५० जना सहभागीहरूले टोरन्टोमा बसोबास गर्ने शास्त्री धर्मदास बुढाथोकीको मार्गदर्शनमा पशुपतिनाथ आरती गाएका थिए ।

मुख्य पण्डितहरू शास्त्री धर्मदास बुढाथोकी, देवनारायण अधिकारी, र पत्रकार शालिग्राम अर्यालद्वारा रुद्री पूजा, जनै फेर्ने र रक्षाबन्धन कार्यक्रम सम्पन्न गरिएको थियो । स्वयंसेवकहरू मुख्यतः अटवाको फिन्डले क्रिक नेपाली समुदायका सदस्यहरू थिए ।

मोरिसवर्ग बीचमा आयोजित कार्यक्रमका मुख्य संयोजक डिल्लीराम शर्मा पौडेल र ईशा भट्टराई थिए ।

अटवामा पाँचौं पटक आयोजित जनै पूर्णिमा समारोह अत्यन्त व्यवस्थित र सफल रहेको कार्यक्रम संयोजक पौडेलले बताए ।  ‘प्रवासमा बसेर पनि आफ्नो धर्म, संस्कृतिको पालना र अभ्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ । यसबाट खास गरी युवाहरु निकै उत्साहित भएको हामीले पायौँ’ पौडेलले भने ।