३१ जेष्ठ २०८३, आइतबार

पछिल्लो एक हप्ताको वर्षाले मधेशको धान रोपाइँमा सुधार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुनषा, २४ साउन । पछिल्लो एक हप्ता पानी परेपछि मधेश प्रदेशको धान रोपाई सुधार भएको छ । सिंचाइ अभावमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत भन्दा केही बढिमात्रै रोपाइँ भएकोमा हिजो बेलुकासम्म ७६ दशमलव ५४ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार पछिल्लो हप्ता परेको पानीले थप रोपाइँ हुनुका साथै यस अघि रोपेको धानलाई पनि सिंचाइ भएको छ । निर्देशनालयको विवरण अनुसार मधेश प्रदेशमा आठ जिल्लामध्ये सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहट जिल्लामा ८५ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको छ ।

सर्लाहीमा ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी क्षेत्र बाहेक सबैतिर सामान्यदेखि मध्ययम वर्षा भएको छ ।

आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र तराई भागका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भाग र मधेश प्रदेशको एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।