१५ असार २०८३, सोमबार

झलनाथ खनाल र वामदेव गौतमबीच भेटघाट

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । हालै मात्रै नेकपा एस प्रवेश गरेका वामदेव झलनाथ भेट्न उनकै निवास डल्लु पुगेका हुन् ।

पार्टी अध्यक्ष माधव नेपालसँग झलनाथको टकराव उत्कर्षमा पुगेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ । यद्यपि, नेता खनालको सचिवालयले भने सामान्य भेटघाट तथा समसामयिक विषयमा छलफल भएको जनाएको छ ।

माधव–झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । माधव–झलनाथ बीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन् ।