३१ जेष्ठ २०८३, आइतबार

नेपालसँग खेल्ने होबार्ट हरिकेन्सको टोली घोषणा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ साउन । अस्ट्रेलियामा बुधवार सुरु हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोलीको घोषणा भएको छ ।

१४ सदस्यीय होबार्टको टोली शनिवार घोषणा भएको हो । होबार्टको टोलीमा अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक समेत रहेका छन् ।

टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका लागि उमेर समूहको प्रतिनिधित्व गरिसकेका क्रिकेटर छन् । नेपालले सिरिजको चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग भदौ ३‌ गते खेल्नेछ ।

होबार्टको टोली घोषणा भएसँगै सिरिजको समूह चरणमा नेपालले खेल्ने सबै ५ टोलीको घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको यस अघि घोषणा भइसकेको छ। नेपाल पहिलो पटक सिरिजमा सहभागी हुन लागेको हो।

एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बिबिएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् ।

स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ । खेलतालिका अनुसार खेलहरु ५ वटा स्थानिय मैदानमा हुनेछ । पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।

नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ ।

छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।

होबार्टको टोली
मार्कस बीन, गेब बेल, इयान कार्लिसल, ज्याक कर्टन, टम ड्वायर, ब्राड होप, राफ म्याकमिलन, विल प्रेस्टविज, निवेथन राधाकृष्णन, लुइस स्मिथ, बिली स्ट्यानलेक, चार्ली वाकिम, टिम वार्ड र म्याक राइट ।