
काठमाडौं, २४ साउन । अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ ।
सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो । उनले पृथ्वीबाट हजारौं माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए । दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए ।









प्रतिक्रिया