२९ जेष्ठ २०८३, शुक्रबार

सिटिजन्स बैंक इन्टरनेसनलको अधिकांश सूचकमा उल्लेखनीय प्रगति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म आइपुग्दा आफ्नो वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा सिटिजन्स बैंकले कर्जा प्रवाह, निक्षेप संकलन, सेवा तथा ब्याज आम्दानी लगायतका मुख्य कारोबारमा दरिलो वृद्धि गर्दै आफूलाई सुदृढ र भरपर्दो वित्तीय संस्थाको रूपमा प्रस्तुत गरेको हो ।बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसको अघिल्लो वर्षको असार मसान्तसम्म कर्जा प्रवाह १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो ।

यस्तै, निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतले वृद्धि हुँदै २ खर्ब १४ अर्ब ८ करोड पुगेको छ । यो गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँले बढी हो । कर्जा र निक्षेप दुवै क्षेत्रमा दोहोरो अंकको वृद्धि हासिल गर्नु बैंकको कारोबार विस्तारमा देखिएको विश्वासको संकेत हो । खुद ब्याज आम्दानीमा पनि बैंकले सन्तोषजनक प्रगति गरेको छ । अघिल्लो वर्षको तुलनामा ११.२० प्रतिशतले वृद्धि भई यो आम्दानी ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, सेवाशुल्क तथा कमिसन आम्दानी १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७४ प्रतिशतले बढी हो । बैंकको व्यापारिक तथा अन्य अपरेटिङ आम्दानी पनि झण्डै ९८ प्रतिशतले वृद्धि भएको छ । सञ्चालन खर्चमा भने बैंकले नियन्त्रण कायम राख्न सफल देखिएको छ । खर्चमा ६.१८ प्रतिशत मात्र वृद्धि भई ३ अर्ब २४ करोड पुगेको छ । खर्चको सिमित वृद्धिका बावजुद बैंकले नाफा कायम राख्न सफल भएको छ ।

यस अवधिमा बैंकको खुद नाफा १ अर्ब २९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकले आफ्नो कोषको लागत घटाउन समेत सफलता हासिल गरेको छ । कोषको लागत ६.३२ प्रतिशतबाट घटेर ४.४९ प्रतिशतमा झरेको छ ।

कर्जा र निक्षेप विस्तार, आम्दानी वृद्धि, लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा बैंकको देखिएको प्रगतिले यसलाई ग्राहक र लगानीकर्ता दुवैका लागि भरपर्दो वित्तीय साझेदार बनाएको छ ।