२१ जेष्ठ २०८३, बिहिबार

एनपीएलको अक्सन आज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दिउँसो तीन बजेदेखि अक्सन सुरू हुनेछ । अक्सनका लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । यसअघि ४ सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।

क्यानले १ सय ५० खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरेको छ । श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १०७ खेलाडी रहेका छन् ।

एनपीएलमा आठ फ्रेन्चाइज टोली छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।