४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई गएराति स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका उच्च पदस्थ सरकारी अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका गरे ।

साउन २० देखि २३ गतेसम्म आयोजित सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेका थिए ।

सम्मेलनमा समुद्रमा पहुँच नभएका देशहरूले सामना गर्नुपरेका व्यापार, कनेक्टिभिटी र आर्थिक विकासका चुनौतीहरूबारे छलफल भएको थियो ।