२३ असार २०८३, मंगलबार

पोल्यान्डमा नेपाली युवकको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । पोल्यान्डमा एक जना नेपाली युवकको मृत्यु भएको छ ।

पोल्याण्डमा काम गर्दै आएका काभ्रे बनेपा घर भएका ३३ वर्षीय कृष्ण बजगाईंको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

एक्कासी पेट दुखेपछि उनी गत जुन २७ मा अस्पताल भर्ना भएका थिए । उनी रोजगारीको सिलसिलामा सन् २०१६ मा पोल्यान्ड आएका थिए। उनी उस्त्रोनी मोर्स्की सहरमा श्रीमती अञ्जु गौतमका साथमा बस्थे।

उनको शव अहिले रिजनल अस्पताल कोअब्जेग शवगृहमा राखिएको र आवश्यक कानुनी प्रकृया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ ।