२० असार २०८३, शनिबार

उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २३ साउन । उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना एकैपटक बिरामी परेका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका–७ चुहाडे नमुना चोकका जितेन्द्र राईको घरमा जन्मदिनको अवसर पारी आयोजित भोज खाने क्रममा २७ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी सुरेशकुमार पाण्डेका अनुसार जन्मदिनको अवसरमा आयोजित भोजमा बनाइएको परिकारमा अखाद्य वस्तुको मिसावट भएको र अखाद्य वस्तुको सेवनबाट फुड पोइजन भएका कारण भोज खानेहरू बिरामी परेका हुन् । उनका अनुसार भोज खाने क्रममा बिरामी भएर जिल्ला अस्पताल आएकाहरु २७ जना मध्ये अहिले पनि पाँच जना अस्पतालमै उपचाररत रहेका छन् भने २२ जना घर फर्केका छन् ।

हाल अस्पतालमा तीन महिला र दुई बालकले उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले जन्मदिनको भोज खाने बिरामी परेर गएराति २७ जना अस्पताल भर्ना भएको बताए ।

योगीका अनुसार उपचार पश्चात आज बिहान २२ जना घर फर्केका छन् । उनले भने, ‘गएको बिहीबार साँझ राईको जन्मदिन मनाउने क्रममा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनियाँ, पुवा आदि) खाएकाहरु अचानक झाडापखाला र बान्ता भई बिरामी परेका हुन् ।’ बिरामी हुनेहरुमा महिला ११ जना, पुरुष ३ जना, बालक ५ र बालिका ८ जना रहेका थिए ।

एसपी योगीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।