२७ असार २०८३, शनिबार

पहिरो खसेर बेनी–जोमसोम सडक अबरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


म्याग्दी, २३ साउन । हिजो देखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र मार्ग अवरोध हुँदा मुक्तीनाथ तथा दामोदर कुण्ड दर्शनका लागि जाने यात्रुहरुलाई समस्या भएको छ ।

बेनी जोमसोम सडक खण्डको रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट झरेको पहिरोले गर्दा ५० मिटर जति सडक अबरोध भएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिका –३ को सुकेबगरमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

सडक खुलाउने प्रयास गरिएको भए पनि लगातारको वर्षाले गर्दा असहज भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका –३ दानका पर्यटन व्यवसायी समेत रहनुभएका शेरचनले भने, “पानी परिरहेको अवस्थामा कुनै पनि समय सडक अबरुद्ध हुन सक्छ यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु उचित हुनेछ ।”

बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका –४ धुमाउने भीर र मालिका गाउँपालिका –६ बाङ्गे पहिरोमा अति जोखिम अवस्था रहेको समेत प्रहरीले जनाएको छ ।