२८ जेष्ठ २०८३, बिहिबार

उत्तराखण्डमा सम्पर्कविहीन भएका गोर्खाका चारजना सम्पर्कमा आए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गोर्खा, २३ साउन । भारतको उत्तराखण्डमा सम्पर्कविहीन भएका धादिङका चारजना सम्पर्कमा आएका छन् । केही दिनदेखि मोबाइल नेटवर्क नभएकाले सम्पर्कविच्छेद भएकोमा हाल उहाँहरूसँग सम्पर्क भएको र सबै जना सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले चारै जना सकुशल रहेको खबर कार्यालयलाई जानकारी गराएका थिए । सम्पर्कविच्छेदको कारण सुरुवाती रूपमा चिन्ता उत्पन्न भए पनि अहिले उहाँहरू सुरक्षित रहेकाले परिवारजन र स्थानीय तहले राहतको अनुभव गरेको जनाइएको छ ।

हाल ज्वालामुखी गाउँपालिका –२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ चारै जना सुरक्षित छन् ।