
काठमाडौं, २३ साउन । टाटा मोटर्सका विद्युतीय गाडीहरूप्रति नेपाली बजारमा बढ्दो आकर्षणलाई मध्यनजर गर्दै नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजबाट साउन २५ गतेसम्म ‘टाटा ईभी अटो कार्निभल’ नामक विशेष कार्यक्रम नेपालभरिको शोरुममा आयोजना गर्ने भएको छ ।
यस विशेष कर्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डअन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू जस्तै टियागो ईभी, कर्भ ईभी, नेक्सन के ३.ईभी, र पन्च ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन् ।
‘टाटा ईभी अटो कार्निभल’ कार्यक्रमअन्तर्गत ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यस अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्नेछन् ।
यस विशेष कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसरसमेत प्राप्त गर्नेछन् । यो विशेष अफर आजदेखि २५ (८ देखि १० अगस्ट)गतेसम्म मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको टाटा शोरुममा समयमै सम्पर्क गर्न सिप्रदी ट्रेडिङले आग्रह गरेको छ ।















प्रतिक्रिया