४ असार २०८३, बिहिबार

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २३ साउन । बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ ।

आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौं लगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन् ।

निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरिक्षक थापाले बताए ।