२ असार २०८३, मंगलबार

एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा श्रेष्ठ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २३ साउन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य एकालाल श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।

संसदीय दलका नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

बिहीबार हेटौंडामा रहेको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

मकवानपुर क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य श्रेष्ठ यसअघि बागमती प्रदेश सरकारमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका अनुभवी नेता हुन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएसँगै एमालेले प्रदेश सभामा आफ्नो भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।