२४ असार २०८३, बुधबार

तेक्वान्दो टोली आज थाइल्यान्ड जाँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको पटाया जाँदैछ ।

अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यू–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डंगोल र मुना खवास रहेका छन् ।